काठमाण्डु– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलम मियाँ पक्राउ परेका छद्धन् । प्रहरीले मियाँलाई अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा सोमबार सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मियाँलाई श्रममन्त्री यादवले निजी सचिवालय नियुक्त गरेर चालक राखेका थिए ।…