काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर धम्की दिने २ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको टोखा नगरपालिका–८ स्थित बस्ने व्यक्तिलाई उनीहरूले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भनी जानकारी दिएका हुन् । ‘तपाईं वा तपाईंको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको पाइएको छ, यदि १…