काठमाण्डु – प्रहरीले कञ्चनपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८०० मिलिग्रामसहित बेदकोट नगरपालिका–५ झिलमिला बस्ने २७ वर्षीय झलकबहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।…