काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४५ ट्याब्लेटसहित बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने २० वर्षीय मोहमद सहनवाजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको छ…