काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डुमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रकम माग गरी लिएको पुष्टि भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ अन्तर्गतको…