ग्रीस पठाइदिने प्रलोभनमा पारेर १३ लाख रकम ठगी गर्ने १ जना पक्राउ

काठमाण्डु – ग्रीस पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने १ जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ । प्रहरीले गोरखाको पालुङटार नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ५० वर्षीय होमबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङले लक्ष्मण सापकोटा समेत २ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ८४…