काठमाण्डु – जिल्ला प्रहरी परिसर ललितपुरले मोटरसाइकल चोरी मुद्दाका १ जना फरार आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ रानीसेरा बस्ने २३ वर्षीय मुन्द्रलाल गोले ‘राज’लाई पक्राउ गरेको हो । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथ सडकखण्डमा कागजात विनाको बाग्मती प्रदेश–०२–०३२ प ४४४५ नम्बरको रातो कालो रंगको बजाज कम्पनीको पल्सर–२२०अअ मोटरसाइकलमा सवार…