काठमाण्डु – प्रहरीले विभिन्न स्थानमा जुवातास खेल्दाखेल्दै ३४ जनालाई पक्राउ गरेको छ । नुवाकोटको बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद…