मालपोत बाराका प्रमुख र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ

काठमाण्डु – बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुबाट खटिएको टोलीले खनाल र बडाललाई ६ लाख घुससहित अमलेखगञ्जस्थित जग्गा होटलबाट पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया…