उदयपुर - उदयपुरको बेलका नगरपालिका-२ शान्ति नगरटोलमा दाहसंस्कार गर्न तयारी हुँदै गरेको एक बालकको शव प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय विश्वनाथ चन्द्रवंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। बालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। शनिबार दिउँसो हराएका बालक आइतबार विहान गिनेरी खोलामा…