एक लाख नगदसहित ५ जुवाडे पक्राउ

काठमाण्डु - दाङको तुलसीपुरमा जुवाको खालबाट पाँच जना पक्राउ गरेका छन् । सीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख नगदसहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी रहेका छन् ।