धनुषा - पल्स अक्सिमिटरको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका-२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । सोही उपमहानरगपालिका-९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने…