महोत्तरी – महोत्तरीको सनौलमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । अज्ञात समूहको गोली प्रहारबाट मनरासिसवा नगरपालिका ३ का ६१ वर्षीय सहदेवप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए । घाइते यादव पूर्वशिक्षक रहेको प्रहरीले जनाएको छ । छातीमुनि गोली लागेर घाइते भएका यादवको जनकपुरको जानकी केयर हस्पिटलमा उपचार भइरहेको…