आठ हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई ८ हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो । लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपूर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच…