काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका नेता पक्राउ परेका छन् । बुधबार बिहान बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो । भक्तपुरको लोकन्थलीमा निर्माणाधीन…