काठमाडौं - वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा…