पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेका छन् । कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक मोहनप्रसाद दुलाललाई पक्राउ गरेको छ । अभिभावकको उजुरीको आधारमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिए ।…