सिद्धबाबालाई थुनामा पठाउन उच्च अदालतको आदेश, सूचना चुहिएपछि भारत फरार

काठमाडौं – अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोड्न गरेको आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश…