काठमाडौं – बैंकका कर्मचारी समेतको मिलेमतोमा १९ वटा बैंकबाट रकम चोरी भएको छ । नक्कली चेक बनाएर विभिन्न बैंकबाट रकम चोरी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बैंकका कर्मचारी समेत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकरी दिए ।…