चिनियाँले चिनियाँलाई नै ठगे ९० लाख

काठमाडौं - नक्कली सुन देखाई रकम लुटी फरार एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ४७ वर्षीय सिङगिङ योङलाई पक्रेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। योङले एक अर्का चिनियाँलाई नै ठगी गरेका थिए। नेपालमा बाटो निर्माणसम्बन्धी चिनियाँ प्रोजेक्टमा काम गर्ने जिङजिङ छिङलाई आफूसित बहुमूल्य धातु रहेको भन्दै काठमाडौंको कालोपुलमा…