सय थान राहदानीसहित एकजना पक्राउ

काठमाडौँ - महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी मंगलबार आज सार्वजनिक गरिएको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र…