काठमाण्डु– रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी…