काठमाण्डु– सशस्त्र प्रहरी र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले वीरगन्जबाट दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ। विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरको गोदामबाट प्रहरीले सुनचाँदी बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद…