भक्तपुर – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नम्बर प्लेट परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने १ जनालाई भक्तपुरको सूर्यविनायकबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ का २६ वर्षीय समिर त्वाटी रहेका छन् । उनलाई सोमबार सोही ठाउँबाट वास्तविक नम्बर प्लेट बदलेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । त्वाटीले बागमती प्रदेश ०२–०२९ प…