पोखरा – कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले संघर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२३ स्थित कार्कीको तहरामा रहेको सहकारीमा करीब ३ करोड अपचलन भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बचतकर्ताको रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकारी रजिष्ट्रार कार्यालयले आईतबार…