भन्सार छलेर भित्रिएका कन्टेनरमा ३ करोड ६१ लाख बराबरको कृषि औजार फेला

काठमाण्डु– भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको ३ करोड ६१ लाख मूल्य बराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका ३ वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड…