काठमाण्डु – कोशी अस्पताल विराटनगरका रेडियोग्राफर जितेन चौधरीले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको बीएससी तहको शैक्षिक…