क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने १ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–६ घर भई हाल काठमाण्डुको नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल छन् । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । क्यानडा पठाउने भन्दै ४ लाख रुपैयाँ…