काठमाण्डु – साइबर क्राइम मुद्दामा पक्राउ परेकी शोभा भनिने जानुका पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले पाठकलाई सोमबार पक्राउ गरेको थियो ।