शेयर बजारमा चलखेल गरेको आरोपमा लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शेयर बजारमा भ्रामक सूचना फैलाएर र कृत्रिम कारोबार गरी अवैध मुनाफा कमाएको अभियोगमा शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएलगत्तै शुक्रबार काठमाण्डुको चुनदेवीबाट नियन्त्रणमा लिइएको हो । सीआईबीका अनुसार अग्रवालले…