जुवातास खेल्दाखेल्दै ९२ जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दाखेल्दै ९२ जनालाई पक्राउ गरेको छ । संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्क बस्ने ५७ वर्षीय जितकुमार राईले सञ्चालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जितकुमार समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९३५ रूपैयाँ, १६ थान…