काठमाण्डु – कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा प्रहरी पुगिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सभापति लामिछानेले कानूनलाई पूरै सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड…