काठमाण्डु-काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि भएको रड प्रहार प्रकरणका दुई आरोपित पक्राउ परेका छन् । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनीहरूलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । नुवाकोटको ककनी गाउँपालिका ६ का ३५…