सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा जान कम्तिमा एक साता लाग्ने

काठमाण्डु – सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा जान कम्तिमा एक साता लाग्ने भएको छ । एमाले सांसद स्रर्य थापा नेतृत्वको समितिले सोमबार प्रतिनिधि सभामा पेस गरेपछि सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएको प्रतिवेदन कार्यान्वयनमा आउन कम्तिमा एक साता लाग्ने भएको हो…