नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित ५ भारतीय नागरिक पक्राउ परेका छन् । विमानमार्फत काठमाण्डु जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका ५ जनाको टोलीबाट रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा,…