काठमाण्डु – ‘विवादित छवि’का कालिकोटका महेन्द्रजंग शाहसँगको सम्बन्धबारे प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) दानबहादुर कार्कीले महेन्द्रजंगसँगको सम्बन्धबारे डिएसपी हेमबहादुरमाथि छानबिन सुरु भइसकेको जानकारी दिए । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी…