काठमाण्डु-त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै विश्वविद्यालयले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो । मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने र…