उपत्यकामा बैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

काठमाण्डु – काठमाण्डु उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक सत्र सम्बन्धी अन्योलता अन्त्य गर्न आग्रह गर्दै नयाँ शैक्षिक सत्र निर्धारित मितिअनुसार सञ्चालन गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ । फोरमको बुधबार बसेको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा प्रचलित शिक्षा नियमावली, २०५९ को नियम ८४ (१) अनुसार शैक्षिक सत्र…