प्रधानमन्त्री शाह आज सबै विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्दै

काठमाण्डु - प्रधानमन्त्री वालेन शाह सोमबार सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्दैछन्। विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफलका लागि उनले सोमबार १२ बजे सबै विश्वविद्यालयका उपकुलपति सहित पदाधिकारीहरूलाई सिंहदरबार बोलाएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग उनले राख्न लागेको यो पहिलो बैठक हो । बैठकमा सबै विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवालयले कुन-कुन विश्वविद्यालय कसरी चलिरहेका छन्,…