सुकुमबासी बस्तीबाट हटाइएका विद्यार्थीको पठनपाठन र परीक्षाबारे शिक्षा मन्त्रालयको चासो

काठमाण्डु – सुकुम्बासी बस्तीबाट हटाइएका विद्यार्थीको पठनपाठन र परीक्षा प्रभावित हुन नदिन सरकारले चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बस्ती हटाउने कार्यबाट प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न मातहतका निकाय र स्थानीय तहलाई निर्देशन दिएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले विद्यार्थीको सुरक्षा र शैक्षिक निरन्तरता सुनिश्चित गर्न ६ बुँदे सर्कुलर जारी…