पाँचथरका ६ विद्यालयको एसइई नतिजा शून्य, ४९ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड

काठमाण्डु- हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा पाँचथर जिल्लाका छ वटा विद्यालयको नतिजा शून्य आएको छ। एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका कुनै पनि विद्यार्थी ग्रेडेड हुन नसकेका हुन्। फिदिम नगरपालिका २ स्थित कालिका माध्यमिक विद्यालय साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना पनि उत्तीर्ण हुन सकेनन्।…