बाजुरा – नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुरामा भर्ना अभियानलाई तीव्र पारिएको छ । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना अभियानलाई तीव्र बनाएका हुन् । बाजुराका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण कार्य समेत थालनी गरेका हुन् । अधिकांश विद्यालयहरूले सोही दिन विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक हस्तान्तरण गर्ने गरेका छन्…