एसईईमा ६५.९८% विद्यार्थी कक्षोन्नति

काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । यसवर्ष एसईईमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी कक्षोन्नति भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै…