काठमाण्डु – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबिच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ । भेटमा स्वास्थ्यमन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त…