काठमाण्डु-महोत्तरीको बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । बर्दिबास-३, गौरीडाँडामा १० वर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालित छ । शुक्रबार केन्द्रमा पुगेर बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले चालु आर्थिक वर्षमा सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । यसका लागि नगरपालिकाले चार लाख रुपियाँ उपलब्ध गराउने उनले बताए । यो सहयोगले बर्दिबास…