काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भई काठमाण्डुको माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ घर भई काठमाण्डुको रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका–७…