गोरखा मिडियामा साढे ३ करोड लगानी गरेको साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डु – विभिन्न सहकारीबाट अवैध तरिकाले रकम लगानी ल्याएर सञ्चालनमा आएको गोरखा मिडिया प्रालिमा साढे ३ करोड रुपैयाँ दिएको चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाका १७ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारीको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो…