सुर्खेत – २४ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान पक्राउ गरेको छ । रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।