चौरजहारीका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु- रुकुमपश्चिम चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मेयर वादी र असिस्टेन्ट सबइन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ। सबइन्जिनियर शाहले नै…