जनकपुरबाट इन्स्पेक्टर र इन्जिनियर घुससहित पक्राउ

काठमाडौं – घुस लिइरहेको अवस्थामा प्रहरी निरीक्षण (इन्स्पेक्टर)लाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामकिशोर साहलाई अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । जनकपुर–८ को सीता प्यालेस होटलबाट उनलाई पक्राउ गरिएको अख्तियार उनले बताए । मुद्दा मिलाइदिने बहानामामा सेवाग्राहीबाट ९० हजार घुस लिइरहेको…