काठमाडौं – नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा पक्राउ परेका छन् । वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पाटनबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखामा कार्यरत थापा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा परिचालन गरिएका थिए…