घुससहित नासु र लेखनदास पक्राउ

लहान– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा आज मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो…