प्रहरी जवान ठगुन्नाको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

काठमाडौं - नागार्जुन नगरपालिका–३, ठूलो र्भयाङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । महानगरीय प्रहरी वृत्त स्वयमभूका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् ।…