राँझा - सरकारी जग्गा व्यक्तिको नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। सरकारी जग्गाको कागजात किर्ते गरेको आरोपमा सोमबार राति भूमिसुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (बाँके)का प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। मालपोत कार्यालयका नायब सुब्बा रुद्र देवकोटा, टंक…